global ime bank Long Banner Ad

गृहपृष्ठ छत भत्किएर एकको मृत्यु, दुई गम्भीर घाइते

छत भत्किएर एकको मृत्यु, दुई गम्भीर घाइते

छत भत्किएर एकको मृत्यु, दुई गम्भीर घाइते

गुलरिया नपा-६ मा आज बिहान निर्माणाधीन दुर्गा गेस्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्गा गेस्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेलको मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका-९ शक्तिनगरका ३३ वर्षीय मनकराम थाररू र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी घाइते भएका छन् ।

घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगन्जको भेरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए ।

गुलरिया बजार क्षेत्रमा सडक विस्तारको क्रममा सडक क्षेत्र मिचेर बनाएका घर आंशिक रूपमा भत्काएर पुनर्निर्माणका क्रममा छत भत्किँदा किचिएर मालिक भवीको मृत्यु हुनुको साथै दुई कामदार गम्भीर घाइते भएका हुन् । उनीहरुको प्रहरीले उद्धार गरेको छ । (रासस)

प्रकाशित समय : १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु