काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘जब सञ्चार माध्यममा हाम्रा कुरा आउँछ, खुशीको सीमा रहँदैन’

15.5K
shares

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस, सुर्खेतबाट प्रतिनिधित्व गरेकी सांसद अमृता शाहीले पत्रकार र राजनीतिकर्मी नङ र मासुजस्तै भएको बताइन् । सञ्चारिका समूह काठमाडाैँले बुधबार सुर्खेतमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले सञ्चार माध्यममा आफ्नो कुरा आउँदा ‘संसारै पाएको’जस्तो लाग्ने सुनाइन् ।

पत्रकार र महिला सांसद बीचको सो अन्तर्क्रियामा बोल्दै उनले सञ्चार माध्यम आफूहरुको हौसला भएको बताइन् । ‘प्रायः सञ्चार माध्यमले पुरुषका कुरा मात्रै बाहिर ल्याउँछन् । तर सुर्खेतका सञ्चार माध्यमहरुले भने हामीलाई स्थान दिएका छन्,’ उनले भनिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, कालीकोटबाट प्रदेश सभामा प्रतिनिधित्व गरेकी सांसद शोसीला शाहीले पनि सञ्चार माध्यमबाट आफूले राम्रो सहयोग पाएको बताइन् । ‘म राप्रपाको तर्फबाट एक मात्रै महिला प्रतिनिधि हुँ,’ उनले भनिन्, ‘मैले आजसम्म संसदमा उठाएको सबै कुराले स्थान पाएका छन् । आफूले बोलेका कुरा प्रत्यक्ष सुन्न पाउँदा खुशीको सीमा रहँदैन ।’

कार्यक्रमका केही सहभागीले भने मिडियाकै कारण महिला ‘उप’मा बस्नु परेको बताए । सांसद पद्मा खड्काले पार्टीले महिलाहरुलाई प्रत्यक्षमा टिकट नदिए पनि सञ्चार माध्यमले समेत आकांक्षी महिलाको विषयमा समाचार नलेखेको गुनासो गरिन् । ‘संविधानले व्यवस्था गरेकै कारण आज धेरै महिलाले अवसर पाएका छन् । तर अधिकांश महिला उपमा र समानुपातिकमा चित्त बुझाउनु परेको छ,’ उनले भनिन् । त्यस्तै नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि शान्ति सिंहले महिला आफैँले पनि सञ्चार माध्यमसँग सम्पर्क बढाउनु पर्ने धारणा राखिन् ।

सञ्चारिका समुहले दुई दिनसम्म महिला पत्रकारका लागि ‘निर्वाचन र आमसञ्चार माध्यम’ विषयक तालिमको तेस्रो दिन अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले महिलाहरु जु्नसुकै क्षेत्रबाट पनि अगाडि आउनुपर्ने बताइन् । पार्टीले प्रत्यक्षमा टिकट दिएको बेलामा सुरक्षित हुनको लागि समानुपातिक रोज्ने महिलाको प्रवृत्ति हटाउनुपर्ने उनको धारणा थियो ।

पछिल्लो समयमा चुनाव पैसा भएकाहरुका लागि मात्रै भएको भन्दै मन्त्री अर्यालले यसमा सबै सजग हुनुपर्ने बताइन् । ‘हिजो चौतारीमा गरेको एउटा भाषणले दश वर्ष राजनीति सुरक्षित भएजस्तो आजको अवस्था छैन । राजनीतिकर्मीहरु अध्ययनशील र अनुशासित पनि हुनु जरुरी छ ।’

कार्यक्रममा कर्णाली प्रदेश सभाकी उपसभामुख पुष्पा घर्तीले महिलाहरुलाई आन्तरिक समस्या समाधान गर्दै पुरषसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता भएको बताइन् । पुरुषले पैत्रिक सम्पत्ति बेचेर पनि निर्वाचन लड्ने तर पैत्रिक सम्पत्तिमा महिलाहरुको पहुँच नभएकै कारण पछाडि परेको विचार व्यक्त गरिन् ।