global ime bank Long Banner Ad

गृहपृष्ठ परराष्ट्रको विज्ञप्ति : भारतीय नक्शा अमान्य, कालापानी क्षेत्र नेपालको भूभाग हो

परराष्ट्रको विज्ञप्ति : भारतीय नक्शा अमान्य, कालापानी क्षेत्र नेपालको भूभाग हो

परराष्ट्रको विज्ञप्ति : भारतीय नक्शा अमान्य, कालापानी क्षेत्र नेपालको भूभाग हो

परराष्ट्र मन्त्रालयले बुधवार प्रेस विज्ञप्तिमार्फत भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्शा नेपाल सरकारलाई अस्वीकार्य भएको बताएको छ ।

सरकारले कालापानी नेपालको भूभाग भएको भन्दै एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने प्रष्ट पारेको छ । नेपाल सरकार अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिवद्ध रहेको र दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने पक्षमा रहेको पनि सरकारले स्पष्ट पारेको छ ।

प्रकाशित समय : २३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु