global ime bank Long Banner Ad

गृहपृष्ठ भारतीय कुस्ती र कबड्डी टोली पोखरामा

भारतीय कुस्ती र कबड्डी टोली पोखरामा

भारतीय कुस्ती र कबड्डी टोली पोखरामा

पोखराको परिचय प्राकृतिक र पर्यटकीय शहरका रुपमा मात्रै सीमित छैन । यो शहर भारतलगायत अन्य देशका खेलाडीका लागि प्रशिक्षणको केन्द्रसमेत बन्दै गएको छ । यहाँको मौसम र स्वच्छ वातावरणमा प्रशिक्षण गर्न भारतको कुस्ती र कबड्डीको ५० जना खेलाडीको टोली पोखरा आइपुगेको छ ।

पोखरालाई खेलकुदको राजधानी शहर बनाउने घोषणा पनि भाषणमा मात्रै सीमित छ । पूर्वाधार नभए पनि विदेशी खेलाडीहरु प्रशिक्षणका लागि पोखरा आउने क्रम भने जारी छ । भारतीय टोलीले पनि पोखरा रंगशालाको बास्केटबल कोर्टमा प्रशिक्षण गरेको छ ।

पूर्वाधार हुने हो भने अन्य धेरै देशबाट पनि खेलाडीहरु प्रशिक्षणका लागि पोखरा आउने भारतीय कुस्ती प्रशिक्षक वाजिर शर्मा बताउँछन् । कुनै पनि खेलकुदका लागि पोखराको हावापानी उपयुक्त भएको उनले बताए ।

उनले नेपाली टोलीसँग मैत्रीपूर्ण खेल खेल्न चाहेको पनि बताए । उनले भने पोखराको खेल संस्कृति राम्रो लागेको र मनिसहरु पनि खेलप्रेमी रहेको सुनाए ।

प्रकाशित समय : ०१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु