global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

कर्णाली प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

कर्णाली प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पदभार ग्रहण गरेका छन् । कार्यभार सम्हालेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संविधानको अक्षरशः पालना गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

‘म नेपाल सरकारको प्रतिनिधिको रुपमा कर्णाली प्रदेश आएको हुँ । सबै पक्षसँग सहकार्य गरी अगाडि बढ्ने छु,’ उनले भने । उनले सबै मिलेर कर्णालीलाई देशकै विशिष्ट प्रदेश बनाउनुपर्ने बताए ।

पदभार ग्रहण कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढा लगायत उपस्थित थिए । कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीले कलौनीलाई कर्णाली प्रदेशको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रकाशित समय : ०१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु