काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

१५ वर्षपछि ‘द डर्टी पिक्चर २’ बनाउँदै एकता कपुर

455
shares

मुम्बई । सन् २०११ मा प्रदर्शनमा आएको चर्चित बलिउड चलचित्र ‘द डर्टी पिक्चर’को सिक्वेल बन्ने भएको छ। निर्मात्री एकता कपुरले ‘द डर्टी पिक्चर २’ निर्माण गर्ने योजना सार्वजनिक गरेकी छन्।

रणवीर अलाहावादियासँगको पोडकास्ट कुराकानीका क्रममा एकताले आफूले ठूलो परियोजनाका रूपमा चलचित्र निर्माण गर्न लागेको बताइन्। ‘द फ्री प्रेस जर्नल’लाई उद्धृत गर्दै उनले १५ वर्षपछि सिक्वेल बनाउने योजना अघि बढाएको र यसपटक दर्शकमाझ सुनाउन चाहेको नयाँ कथा आफूसँग रहेको बताएकी छन्।

एकताका अनुसार पहिलो चलचित्र दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको जीवनबाट प्रेरित थियो। चलचित्रमा यौनिकतालाई खुलेर स्वीकार गर्ने महिलाको कथा प्रस्तुत गरिएको थियो। उनले सिल्क स्मितालाई पीडितका रूपमा नभई आफ्नै पहिचान र यौनिकताबारे स्पष्ट धारणा राख्ने महिलाका रूपमा हेरेको बताएकी छन्।

एकताले सिक्वेलमा पनि सिल्क स्मिताजस्तै कुनै चर्चित व्यक्तित्वको जीवनसँग जोडिएको कथा समेटिन सक्ने सङ्केत गरेकी छन्। तर चलचित्रमा कसको कथा प्रस्तुत गरिनेछ, को–को कलाकार रहनेछन् र कहिले प्रदर्शन हुनेछ भन्नेबारे खुलाइएको छैन। यसबारे चाँडै औपचारिक घोषणा गर्ने उनको भनाइ छ।

सन् २०११ को डिसेम्बरमा प्रदर्शनमा आएको ‘द डर्टी पिक्चर’मा विद्या बालन, नसीरुद्दीन शाह, इमरान हाश्मी र तुषार कपुरले अभिनय गरेका थिए। चलचित्रले व्यावसायिक सफलता पाउनुका साथै विद्या बालनको अभिनयका कारण पनि चर्चा बटुलेको थियो।

सिक्वेल निर्माणको खबर सार्वजनिक भएसँगै बलिउडका दर्शकमाझ नयाँ चलचित्रको कथावस्तु र कलाकारबारे चासो बढेको छ।