काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कर्णाली सरकारका ३२ स्वकीय, एमालेका दुई मन्त्रीले छानेनन् सूचना प्रविधि सहायक

390
shares

ai logo सारांश

  • नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टीको संयुक्त सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले स्वकीयसहित ३२ जना कर्मचारीहरु नियुक्त गरेका छन् ।
  • कार्यालय सहयोगीमा कृष्णबहादुर शाही र जसबहादुर विष्टलाई मुख्यमन्त्री शाहीले नियुक्त गरेका छन् ।
  • जलस्रोत तथा उर्जा विकास मन्त्री कलबहादुर हमालले पाँचै जनाको नियुक्ति दिएका छन् ।

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टीको संयुक्त सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले स्वकीयसहित ३२ जना कर्मचारीहरु नियुक्त गरेका छन् । सबैन्दा बढी मुख्यमन्त्री मंगलबहादुर शाहीले नियुक्त गर्दा एमालेबाट मन्त्री भएका दुई जना मन्त्रीले भने सूचना-प्रविधि सहायकमा हालसम्म पनि नियुक्ति दिएका छैनन् ।

सरकार गठन भएको दुई महिना भन्दा बढी समय भइसक्दा मुख्यमन्त्री शाहीले आफ्नो सचिवालयमा प्रमुख स्वकीय सचिवको रुपमा नरेश स्थापित ‘राकेश’ लाई नियुक्त गरेका छन् । स्वकीय सचिवमा सन्तोष कुमार मल्ललाई नियुक्त गरेका मुख्यमन्त्री शाहीले गणेश कञ्चन भारतीलाई सूचना-प्रविधि सहायकमा नियुक्ति दिएका हुन । यस्तै, कार्यालय सहयोगीमा कृष्णबहादुर शाही र जसबहादुर विष्टलाई मुख्यमन्त्री शाहीले नियुक्त गरेका छन् ।

यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले पाँच जना नियुक्ति गर्न पाउने व्यवस्था भएपनि चार जनालाई मात्रै नियुक्ति दिएका हुन । स्वकीय सचिवमा बिरेन्द्र पछाई, स्वकीय सहायकमा दलबिर रोकाया, हलुका सवारी चालकमा लक्ष्मण रोकाया र कार्यालय सहयोगीमा कमला कुमारी ढकाललाई उनले नियुक्ति दिएका हुन । उनले सूचना प्रविधि सहायकमा कसैलाई पनि नियुक्त गरेका छैनन् । उनि एमालेबाट मन्त्री बनेका हुन ।

एमालेको कोटाबाटै मन्त्री बनेका जलस्रोत तथा उर्जा विकास मन्त्री कलबहादुर हमालले पाँचै जनाको नियुक्ति दिएका छन् । बिनोद बोहोरा स्वकीय सचिव, सन्तोष शाही स्वकीय सहायक, जनक फडेरा सूचना-प्रविधि सहायक, अनिरुद्र रोकाया हलुकासवारी चालक चक्रबहादुर बुढालाई कार्यालय सहयोगी नियुक्त गरेका हुन ।

साविक नेकपा एस हाल नेकपाबाट मन्त्री बनेकी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री एवम सरकारका प्रवक्ता कल्याणी खड्काले युवराज वलीलाई स्वकीय सचिव तोकेकी छिन् । उब्जन बुढा स्वकीय सहायक, मुक्ति बुढा सूचना-प्रविधि सहायक र हरिचन्द्र थापा हलुका सवारी चालक र वन्दना खड्कालाई कार्यालय सहयोगीमा उनले नियुक्ति दिएका हुन ।

नेपाली कम्युनिष्ट पार्टीको कोटाबाट मन्त्री बनेकी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्काले नविन ओलीलाई स्वीकय सचिव नियुक्त गरेकी छिन् । हंसबहादुर खड्का स्वकीय सहायक, बलबहादुर ओली सूचना प्रविधि सहायक तोकिँदा सपना ओली भने कार्यालय सहयोगीको रुपमा सचिवालयमा कार्यरत छिन् ।

एमालेको कोटाबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले चन्द्रप्रकाश मल्ललाई स्वकीय सचिव नियुक्त गरेका छन् । स्वकीय सहायकमा सर्जन बराल, हलुका सवारी चालकमा चित्र बहादुर बिटालु र कार्यालय सहयोगीमा अमृता रावललाई उनले नियुक्त गरेका हुन ।

नेकपाको कोटाबाट मन्त्री बनेकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जुम्कित लामाले दिपेन्द्र शर्मालाई स्वकीय सचिव नियुक्त गरेकी छिन् । उनले स्वकीय सहायकमा नेत्र महतारा, सूचना प्रविधि सहायकमा अनप्रसाद अधिकारी र कार्यालय सहयोगीमा लछु भण्डारीलाई निुक्ति दिएकी हुन ।