गृहपृष्ठ Samsung Nepal को दशैं–तिहार अफर : क्यासब्याकसँगै लक्की ड्रमार्फत उपहार जित्ने मौका
Samsung Nepal को दशैं–तिहार अफर : क्यासब्याकसँगै लक्की ड्रमार्फत उपहार जित्ने मौका
काठमाडौं । Samsung Nepal ले दशैं–तिहारलाई लक्षित गर्दै ‘Smart Upgrade घरमा, Lucky Surprise चाडमा’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत ग्राहकले Samsung का टिभी तथा होम अप्लायन्स खरिद गर्दा क्यासब्याक, पक्का उपहारसँगै दैनिक तथा साप्ताहिक लक्की ड्रमार्फत विभिन्न उपहार जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार यो अभियान २० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ।
अभियानअन्तर्गत Samsung का टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्ने ग्राहकले खरिद दर्ता गरी लक्की ड्रमा सहभागी हुन सक्नेछन्। दैनिक लक्की ड्रबाट ३१ जना विजेता छनोट गरिनेछ। उनीहरूले Samsung को ९ केजी फ्रन्ट लोड वासिङ मेसिन वा ५५ इन्च UHD टिभीमध्ये एक उपहार जित्ने अवसर पाउनेछन्।
त्यस्तै, साप्ताहिक लक्की ड्रबाट ८ जना विजेता छनोट हुनेछन्। साप्ताहिक विजेताले Samsung को १ टन एसी जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
लक्की ड्रमा सहभागी हुन ग्राहकले अभियान अवधिमा Samsung को टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्नुपर्नेछ।
खरिद गरिएको सामानको पछाडि रहेको स्टिकरमा उल्लेखित १४ अंकको सिरियल नम्बर प्रयोग गरी Samsung [१४ अंकको सिरियल नम्बर] टाइप गरेर ३७२७३ मा SMS पठाउनुपर्नेछ। SMS पठाएपछि ग्राहकले तत्कालै पुष्टिसहितको SMS प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार लक्की ड्रका विजेताको घोषणा प्रत्येक बुधबार Image Channel को ‘Music of Your Choice’ कार्यक्रममा गरिनेछ। विजेताको सूची Smart Plaza र Big Digital को Facebook Page मा समेत सार्वजनिक गरिनेछ।
लक्की ड्रसँगै ग्राहकले छनोट गरिएका Samsung TV तथा होम अप्लायन्समा थप क्यासब्याक र अन्य उपहारसमेत प्राप्त गर्न सक्नेछन्।
अफरअन्तर्गत टिभीमा २६ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ। साथै, छनोट गरिएका मोडलमा निःशुल्क साउन्डबार र १२ महिनासम्म निःशुल्क NETTV प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ।
त्यस्तै, रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म क्यासब्याक र ५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध हुनेछ।
वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक तथा ३ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस रहेको छ। छनोट गरिएका मोडलमा ६ केजी Surf Excel Matic डिटर्जेन्टसमेत निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।
Samsung Home Appliances मा अपग्रेड गर्न चाहने ग्राहकले ArkoStore वा नेपालभरका अधिकृत Samsung रिटेल स्टोरमार्फत पुराना उपकरण एक्सचेन्ज गर्न सक्नेछन्।
यसैगरी, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ग्राहकले १२ महिना वा २४ महिनाको EMI योजनामा उपकरण खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
कम्पनीले अभियानअन्तर्गतका सबै अफर सीमित अवधिका लागि मात्र लागू हुने जनाएको छ। अफरमा सर्त तथा नियम लागू हुनेछन्।
प्रकाशित समय : १४:४८ बजे


















