गृहपृष्ठ प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे ४० लाख ८० हजार सहयोग

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे ४० लाख ८० हजार सहयोग

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे ४० लाख ८० हजार सहयोग

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहतका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा ४० लाख ८० हजार ५० रुपैयाँ सहयोग गरेका छन् ।

बैंकका सञ्चालक तथा कर्मचारीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेका छन् ।

बैंकले बाढी प्रभावित परिवारलाई यसअघि पनि राहत सामग्री उपलब्ध गराएका थिए । बैंकका अनुसार जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत प्रभावित परिवारलाई १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको थियो ।

त्यसैगरी बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने गरी चेक हस्तान्तरण गरिसकेको छ ।

बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवार तथा समुदायप्रति बैंकले समवेदना व्यक्त गरेको छ ।

विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बैंकले जनाएको छ।

प्रकाशित समय : १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु