गृहपृष्ठ प्राविधिक सीपदेखि अन्तर्राष्ट्रिय प्रशिक्षणसम्म : लक्ष्मी हुन्डाईका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान

प्राविधिक सीपदेखि अन्तर्राष्ट्रिय प्रशिक्षणसम्म : लक्ष्मी हुन्डाईका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान

प्राविधिक सीपदेखि अन्तर्राष्ट्रिय प्रशिक्षणसम्म : लक्ष्मी हुन्डाईका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान

काठमाडौं । लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई नेपाली प्राविधिक उन्नत तालिमका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

उनीहरूले Hyundai Global Learning Center मा आयोजना हुने Hyundai Talent Academy अन्तर्गत उन्नत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा नयाँ अटोमोबाइल प्रविधिसम्बन्धी प्रशिक्षण लिनेछन् ।

प्राविधिक शिक्षा, अप्रेन्टिससिप र रोजगारीसम्मको उनीहरूको यात्रा चार महिनामै पूरा भएको हो । यस अवधिमा उनीहरूले कक्षाकोठामा हासिल गरेको ज्ञानलाई वास्तविक कार्यस्थलमा प्रयोग गर्दै सवारीसाधन सर्भिसिङ, डायग्नोस्टिक तथा मर्मतसम्भारमा व्यावहारिक अनुभव हासिल गरेका थिए ।

अप्रेन्टिससिप पूरा गरेपछि उनीहरूलाई लक्ष्मी हुन्डाईमै रोजगारीको अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।

लक्ष्मी हुन्डाईले CTEVT अन्तर्गतका पोलिटेक्निक संस्थामा अध्ययनरत वार्षिक ५० भन्दा बढी विद्यार्थीलाई इन्टर्नसिप तथा अप्रेन्टिससिपको अवसर प्रदान गर्दै आएको छ । यस पहलमार्फत विद्यार्थीलाई प्राविधिक ज्ञानसँगै कार्यस्थल अनुशासन, समस्या समाधान तथा व्यावसायिक सीप विकास गर्ने अवसर प्रदान हुँदै आएको कम्पनीको भनाइ छ ।

Hyundai Talent Academy मार्फत प्राप्त अन्तर्राष्ट्रिय प्रशिक्षणले नेपाली प्राविधिकको सीपलाई थप परिष्कृत गर्नुका साथै उनीहरूले सिकेको ज्ञान र अनुभव नेपालमै प्रयोग गर्ने अवसर सिर्जना गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस पहलको उद्देश्य नेपाली युवालाई सीप सिकेर विदेश जाने मात्र नभई विश्वस्तरीय सीप हासिल गरी नेपालमै व्यावसायिक करियर निर्माण गर्ने वातावरण सिर्जना गर्नु हो।

प्रकाशित समय : १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु