गृहपृष्ठ आजको राशिफल : २०८३ साउन १२ गते, मंगलबार
आजको राशिफल : २०८३ साउन १२ गते, मंगलबार
आज वि.सं. २०८३ साउन १२ गते, मंगलबार (ई.सं. २०२६ जुलाई २८) हो। आज आषाढ शुक्ल चतुर्दशी, ज्येष्ठा नक्षत्र, विष्कुम्भ योग र बणिज करण परेको छ। चन्द्रमा धनु राशिमा तथा सूर्य कर्कट राशिमा रहेका छन्। नेपालमा आज सूर्योदय बिहान ५:२४ बजे र सूर्यास्त साँझ ६:५४ बजे हुनेछ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कँदा तीलको दाना सेवन गर्नु शुभ मानिएको छ। शुभ कार्य प्रारम्भ वा यात्राका लागि बिहान ६:१४ बजेदेखि ९:४१ बजेसम्मको समय विशेष अनुकूल रहनेछ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शरीरमा आलस्य र थकान महसुस हुन सक्छ। मानसिक रूपमा एकाग्रता कायम गर्न कठिन हुने भएकाले धेरै काम एकैपटक गर्नुभन्दा एउटा काममा केन्द्रित हुनु राम्रो हुनेछ। महत्त्वाकाङ्क्षा बढाउँदा अपेक्षित परिणाम नआउन सक्छ। विश्राम र संयमताले दिन सहज बनाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अहंकार त्यागेर अघि बढ्दा सफलता मिल्नेछ। रोकिएका काम सम्पन्न हुने सम्भावना छ। प्रेम सम्बन्धमा केही चिन्ता देखिए पनि संवादले सम्बन्ध सुधार हुनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले लापरवाही नगर्नु उचित हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम सम्बन्ध थप प्रगाढ बन्ने संकेत छ। आफन्त वा साथीभाइसँगको भेटघाट लाभदायी बन्न सक्छ। रोकिएका काम पुनः सुरु गर्दा सफलता मिल्नेछ। खर्च बढे पनि पुरानो लगानीबाट प्रतिफल प्राप्त हुने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मविश्वास बढ्नेछ। चुनौती आए पनि मेहनतको प्रतिफल भविष्यमा राम्रो हुनेछ। आम्दानीमा सुधार आउने संकेत छ। प्रशासनिक तथा व्यवस्थापकीय काममा सफलता मिल्नेछ। नयाँ योजना सुरु गर्न दिन अनुकूल छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
निर्णय क्षमता बलियो रहनेछ। विवाद समाधान हुने सम्भावना छ। नयाँ व्यवसाय वा रोजगारीबारे सोच्दै हुनुहुन्छ भने अनुभवी व्यक्तिको सुझाव उपयोगी हुनेछ। अविवाहितका लागि नयाँ सम्बन्ध सुरु हुने संकेत देखिन्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयासले पनि ठूलो सफलता दिलाउन सक्छ। नयाँ काम सुरु गर्न अनुकूल समय छ। कार्यक्षेत्रमा सम्मान र सहयोग प्राप्त हुनेछ। वरिष्ठको सहयोगले जटिल समस्या समाधान हुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कसैमाथि सहजै विश्वास नगर्नु राम्रो हुनेछ। काममा केही चुनौती देखिए पनि धैर्य राखे समाधान सम्भव छ। स्वास्थ्यप्रति सचेत रहनुहोस्। आराम र पौष्टिक आहारमा ध्यान दिनु लाभदायी हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ सम्बन्ध र मित्रताप्रति आकर्षण बढ्नेछ। सहकर्मी वा साथीको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ। व्यस्तता बढे पनि सन्तुष्टि मिल्नेछ। प्रियजनसँग भेटघाटको अवसर मिल्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामको चाप बढ्नेछ तर नेतृत्व क्षमता देखाउने अवसर पनि मिल्नेछ। मेहनतको उचित मूल्याङ्कन हुनेछ। मान–सम्मान बढ्ने संकेत छ। लामो समयदेखि रोकिएको काम पूरा हुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवार वा सहकर्मीको सहयोगले काम व्यवस्थित हुनेछ। सिर्जनात्मक सोचले नयाँ अवसर दिलाउनेछ। टाढाबाट शुभ समाचार प्राप्त हुन सक्छ। अध्ययन तथा प्राविधिक क्षेत्रमा प्रगति हुने सम्भावना छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। करियर र व्यवसायमा नयाँ योजना बनाउन अनुकूल दिन छ। सानो प्रयासले पनि प्रतिष्ठा बढ्नेछ। रोकिएका काममा सफलता मिल्ने सम्भावना छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम दोहोर्याएर प्रयास गर्दा सफल हुनेछन्। सहकर्मी वा वरिष्ठको सहयोग प्राप्त हुनेछ। सामाजिक तथा धार्मिक गतिविधिमा सहभागिताले प्रतिष्ठा बढाउनेछ। प्रेम सम्बन्धमा सकारात्मक संकेत देखिन्छ।
प्रकाशित समय : ०६:०७ बजे



















