काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकवि भानुभक्तको योगदान महत्वपूर्ण’

2.52K
shares

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय एकताको सुदृढीकरणमा पु¥याउनुभएको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताएको छन ।

दुई सय१३औँ भानु जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भानुभक्तले नेपाली भाषामा अनुवाद गरेका रामायणसहित भक्तमाला, वधूशिक्षा, रामगीतालगायतका कृतिहरूले नेपाली भाषालाई समृद्ध बनाउनुका साथै विभिन्न भूगोल, समुदाय र संस्कृतिलाई भाषिक सूत्रमा आबद्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह उल्लेख गरेका छन ।

“आदिकविका सृजनाले राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना र नेपालीपनको भावलाई अझ सुदृढ बनाएको छ, संस्कृत भाषामा सीमित रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरी जनसाधारणसम्म पु¥याउने उनको कार्यले नेपाली भाषाको श्रीवृद्धि मात्र होइन, राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न पनि महत्वपूर्ण योगदान पु¥याएको छ”, मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनुभएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पुरयाएको योगदानलाई उच्च सम्मान गर्दै भानु जयन्तीका दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । यस अवसरमा आदिकविले देखिएको भाषा, साहित्य, संस्कृति र राष्ट्रिय एकताको मार्गलाई आत्मसात् गर्दै समृद्ध, सभ्य र सुसंस्कृत समाज निर्माणमा जुट्न मुख्यमन्त्री पाण्डेले सबैमा आग्रह गरेका छन् ।