global ime bank Long Banner Ad

गृहपृष्ठ आजको मौसमः देशका विभिन्न भागमा मध्यमसम्म वर्षाको सम्भावना

आजको मौसमः देशका विभिन्न भागमा मध्यमसम्म वर्षाको सम्भावना

आजको मौसमः देशका विभिन्न भागमा मध्यमसम्म वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको छ भने आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अधिकांश स्थानमा बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली भू–भागका थोरै स्थानमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बाँकी पहाडी तथा तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा कोशी प्रदेशको पहाडी भू–भाग र गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेकाले आगामी दिनमा यो क्रमशः नेपाल नजिकिने सम्भावना छ। यससँगै मनसुन थप सक्रिय भई देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने र बाढी, पहिरो तथा डुबानलगायत विपद्का घटना बढ्न सक्ने जोखिम रहेको छ।

महाशाखाले सम्भावित विपद्बाट सुरक्षित रहन आवश्यक सावधानी अपनाउन तथा विभागबाट जारी हुने पछिल्ला मौसमसम्बन्धी सूचनाबारे नियमित जानकारी लिन सबैमा अनुरोध गरेको छ।

प्रकाशित समय : ०६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु