global ime bank Long Banner Ad

गृहपृष्ठ बालाजुमा वृत्तचित्र ‘देउताको भैँसी’ प्रदर्शन, फिल्मसँगै रैथाने परिकारको रौनक

बालाजुमा वृत्तचित्र ‘देउताको भैँसी’ प्रदर्शन, फिल्मसँगै रैथाने परिकारको रौनक

बालाजुमा वृत्तचित्र ‘देउताको भैँसी’ प्रदर्शन, फिल्मसँगै रैथाने परिकारको रौनक

काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रमअन्तर्गत शुक्रबार बालाजु क्षेत्रमा नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) प्रदर्शन गरिएको छ ।

सञ्चारकर्मी तथा छायाँकार विष्णु कल्पितले तयार पारेको उक्त वृत्तचित्र येँःका पुचको व्यवस्थापकीय सहयोगमा बालाजु बाइपास क्षेत्रमा प्रदर्शन गरिएको हो ।उक्त प्रदर्शनीमा स्थानीय समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

कूल १४ मिनेट लामो यस डकुमेन्ट्रीमा वि.सं. २०७८ असारमा मेलम्चीमा आएको विनाशकारी बाढी र सो बाढीले बगाएको एक भैँसीको कथालाई मार्मिक रूपमा समेटिएको छ।

मेलम्ची बाढीमा बगाएको भैँसीको कथामा आधारित उक्त वृत्तचित्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अवार्डसमेत प्राप्त गरेको छ ।

महानगरपालिकाले सहरका विभिन्न टोल, चोक, पार्क र सार्वजनिक खुला स्थानहरूमा यस्ता महोत्सवहरू आयोजना गर्दै आएको छ। समुदायलाई एकै ठाउँमा भेला गराएर सामूहिक रूपमा फिल्म हेर्ने, त्यसबारे रचनात्मक छलफल गर्ने र स्थानीयलाई सिर्जनात्मक गतिविधिमा सहभागी गराउने मुख्य उद्देश्यसहित महानगरले यो अभियान चलाएको हो।

फिल्म प्रदर्शनसँगै कार्यक्रम स्थलमा स्थानीय कला र संस्कृतिको प्रवद्र्धनका लागि विभिन्न स्टलहरू समेत राखिएका थिए। मेलामा रैथाने नेवारी परिकारहरू, घरमै तयार पारिएका विभिन्न स्वादका अचार, बारा लगायतका खाद्यान्नहरूको बिक्री–वितरण भइरहेको थियो ।

प्रकाशित समय : ०६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु