global ime bank Long Banner Ad

गृहपृष्ठ मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा केन्द्रित भएका छन् । ग्रीनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा सुर्खेतमा आज हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुन उनीहरु यहाँ आइपुगेका हुन् ।

प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष तथा राष्ट्रिय टोलीका पूर्वकप्तानहरु गणेश थापा, उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, हरि खड्का, सागर थापा, राकेश शाहीलगायत यहाँ आउनुभएको एकेडेमीका अध्यक्ष शशी केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशमै पहिलो पटक पूर्वराष्ट्रिय खेलाडीहरुको सहभागितामा हुने प्रतियोगितामा कर्णाली प्रदेश बाहिर र कर्णालीका पूर्व राष्ट्रिय खेलाडीहरुबीच मैत्रीपूर्ण प्रतियोगितामा हुनेछ ।

प्रतियोगितामा कलाकार बद्री पंगेनी र दुर्गेश थापाको पनि सहभागिता रहनेछ । कर्णाली प्रदेशका तर्फबाट राष्ट्रिय खेलाडी रोहित चन्द, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेललगायतका खेलाडी सहभागी हुने बताइएको छ ।

कर्णालीमा फुटबलप्रतिको आकर्षण बढाउने, स्थानीय प्रतिभालाई पहिचान गर्ने तथा पूर्वखेलाडीको सम्मान तथा कर्णालीले पनि राष्ट्रियस्तरको खेल सञ्चालन गर्न सक्छ भन्ने विश्वास दिलाउने र फुटबलको दियो कर्णालीबाट बाल्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एकेडेमीका महासचिव ललित भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न थप उर्जा र दबाब सिर्जना गर्नेछ ।

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समाजसेवी स्व खड्कबहादुर बस्नेतको नाममा ‘म्यान अफ दी म्याच’, शिक्षाविद् स्व विष्णुप्रसाद गौतमको नाममा ‘बेस्ट प्लेयर’, समाजसेवी स्व डीबी समदर्शीको नाममा ‘बेस्ट गोलकिपर’, शिक्षाप्रेमी स्व डा सञ्जु खातीको नाममा ‘बेस्ट डिफेन्डर’ तथा समाजसेवी स्व डा हरि सापकोटाको नाममा ‘बेस्ट स्कोरर’ पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित समय : ०६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु