काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड

2.56K
shares

टीकापुर ।टीकापुर नगरपालिकाले १९औँ नगरभाले आगामी आर्थिक वर्ष २०८३÷८४ को लागि एक अर्ब तीन करोड ६७ लाख ७७ हजारको बजेट छ ।

नगरसभाका ज्येष्ठ सदस्य जयराम थारुको अध्यक्षमा भएको सभाले सङ्घीय सरकारबाट रु। ६५ करोड ५६ लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड ६६ लाख सहयोग प्राप्त हुने तथा आन्तरिक स्रोतबाट २४ करोड ४७ लाख आम्दानी हुने अनुमान गरेको छ ।

सभामा आर्थिक विकास समितिका संयोजक यज्ञप्रसाद न्यौपानेले उक्त बजेट प्रस्तुत गरेका थिय।

नगरप्रमुख रामलाल डगौरा थारुले यसअघि नै राजिनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको तथा उपप्रमुख खडकबहादुर शाह भने हाल निलम्बनमा पर्ेका ले ज्येष्ठ सदस्य थारुको अध्यक्षतामा सभा सञ्चालन गरिएको थियो ।

सभामा वडा नं १ का वडाध्यक्ष मोहन विकले नीति कार्यक्रम, वडा नं २ का वडाध्यक्ष दीपक चौधरीले अन्य आर्थिकसम्बन्धी गतिविधि तथा वडा नं ४ का वडाध्यक्ष लालविर चौधरीले विविध प्रस्ताव प्रस्तुत गर्ेका छन । नगरपालिकाको नीति तथा कार्यक्रममा स्थानीय कच्चापदार्थ प्रयोग गरी स्थापना हुने उत्पादन मूलक उद्योगलाई नगरपालिका बुझाउनुपर्ने राजस्व शुल्क १० वर्षका लागि छुट दिने नीति लिइएको छ ।
नीति तथा कार्यक्रममा सरकारको स्वामित्वमा रहेका घर जग्गा, सरकारी अस्पतालको जग्गा, गुठीको जग्गा, मुनाफाको उद्देश्य नराखी सञ्चालन गरिएका शिक्षण संस्था, कम्पनी, समिति, प्राधिकरण, बोर्ड, मुनाफाको उद्देश्य नराखी सञ्चालन भएका सङ्घसंस्थाको घरजग्गा, धार्मिक संस्था, खानेपानी, मसानघाट जस्ता सार्वजनिकस्थलका घर र घरजग्गा सम्पत्तिमा कर नलाग्ने कार्यक्रम अघि सारेको छ ।