global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एसियन आर्चरी च्याम्पियन्सिपमा खेल्ने नेपाली टिमको विदाइ

एसियन आर्चरी च्याम्पियन्सिपमा खेल्ने नेपाली टिमको विदाइ

एसियन आर्चरी च्याम्पियन्सिपमा खेल्ने नेपाली टिमको विदाइ

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार २४ औँ एसियन आर्चरी च्याम्पियन्सिपमा सहभागी हुने नेपाली खेलाडी तथा विश्व आर्चरी कङग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई विदाइ गरेका छन् ।

विश्व आर्चरी कङग्रेस र विश्व आर्चरी च्याम्पियन्सिप बंगलादेशको ढाकामा हँुँदैछ । आर्चरी कङग्रेस नोभेम्बर ६ देखि ८ तारिख र एसियन आर्चरी च्याम्पियन्सिप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ ।

राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ, महासचिव रमेशप्रसाद सिवाकोटीले विश्व आर्चरी कङग्रेसमा सहभागिता जनाउनेछ । यसैगरी तिलक पुन मगर र ज्ञानु अवालेले एसिया आर्चरी च्याम्पियन्सिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
एनओसीका अध्यक्ष श्रेष्ठले दुवै खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गर्दै राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।

प्रकाशित समय : ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु