global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ गणेश हिमालको आधार शिविरमा १६ जना फसे

गणेश हिमालको आधार शिविरमा १६ जना फसे

गणेश हिमालको आधार शिविरमा १६ जना फसे

चिसो र अधिक उचाइका कारण दुई बिरामीसहित १६ जना मंगलबारदेखि गणेश हिमालको आधार शिविरमा फसेका छन् । उद्धारका लागि बुधबार गएको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ ।

डिभिजन वन कार्यालय धादिङका रेन्जर अनुसुया ढुंगानाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उद्धारका लागि सेनाको हेलिकोप्टर बुधबार दिउँसो आधार शिविर पुगेको थियो । तर, खराब मौसमका कारण अवतरण हुन नसकेपछि उद्धार हुन नसकेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए । मंगलबार साँझदेखि अनुसुयाको स्वास्थ्य अवस्थामा समस्या आएको थियो । नेटवर्कको पहुँच नभएका कारण बुधबार ६ घण्टा हिँडेर नेटवर्क आउने ठाउँ पुगी सँगै टे«क गएकाले उद्धारका लागि सहयोग मागेका थिए । बुधबार दिनभर प्रयास गर्दा पनि उद्धार गर्न नसकिएको ट्रेकिङ टोलीमा रहेका रुबीभ्याली गाउँपालिकाका विपिन तामाङले बताए ।

अनुसुयासँगै डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यको पनि स्वास्थ्य अवस्थामा समस्या देखिन थालेको छ । टोलीमा रहेका २७ मध्ये दुईजना बिरामीसहित १६ जना आधार शिविरनजिकै फसिरहेका हुन् । ११ जना १४ घण्टा हिँडेर तिप्लिङको हिन्दुङ आइपुगेका छन् ।

पर्यापर्यटन प्रवद्र्धनको उद्देश्यले धादिङको रुबीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको २७ जनाको टोली एक सातादेखि यात्रामा छ । त्यस स्थाननजिक मानव बस्ती नभएको र सञ्चारको पहुँच नभएकाले बुधबार बिहानदेखि ६ घण्टा हिँडेर सञ्चार सम्पर्कमा आएको ट्रेकिङमा रहेका पत्रकार मिलन तिमिल्सिनाले बताए । गणेश हिमालले नुवाकोट, धादिङ र रसुवा जिल्ला छोएको छ ।

प्रकाशित समय : ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु