global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ १५ दिनभित्र बक्यौता बुझाउन प्राधिकरणको निर्देशन

१५ दिनभित्र बक्यौता बुझाउन प्राधिकरणको निर्देशन

१५ दिनभित्र बक्यौता बुझाउन प्राधिकरणको निर्देशन

नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् आपूर्ति सुविधा लिएका उद्योगहरूको बक्यौता महसुल १५ दिनभित्र बुझाउन आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को कात्तिक २५ को बैठक र प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको भन्दै तोकिएको समयभित्र बक्यौता बुझाउन आग्रह गरेको हो ।

‘वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला । अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन (अर्थात् २०६१ मङ्सिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने ब्यहोरा समेत जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।

 

प्रकाशित समय : ०९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु