global ime bank Long Banner Ad

गृहपृष्ठ स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन, लोहनीकाे राजीनामा अझै भएन स्वीकृत

स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन, लोहनीकाे राजीनामा अझै भएन स्वीकृत

स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन, लोहनीकाे राजीनामा अझै भएन स्वीकृत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बिमाको दायरा बढाएर ५ लाख पुर्‍याउने भनिरहँदा स्वास्थ्य बीमा बोर्ड भने नेतृत्वविहीन बनेको छ ।

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहीन भएको हो । अध्यक्ष रहेका डा. गुणराज लोहनीले दुई महिना अघि (२८ भदौमा) राजिनामा दिएका थिए । तर, उनको राजिनमा अहिलेसम्म स्वीकृत भएको छैन ।

नेपालमा स्वास्थ्य बीमा परिकल्पना गर्ने चरणदेखि प्रभावकारी कार्यान्वयन गर्ने चरणसम्म प्रमुख पात्र रहेका डा. लोहनीले सरकारले प्रीमियम बापतको रकम एकमुष्ट नदिएको र पर्याप्त बजेट बिनियोजान नगरेकोमा असन्तुष्ट थिए ।

बाहिर हचुवाको भरमा लोकप्रिय भाषण गर्ने तर दीर्घकालीन कुनै योजना नल्याउने नेतृत्वको रवैयाले डा. लोहनीले राजीनामा दिएका थिए ।

बोर्डको नेतृत्व रिक्त हुन पूर्व जानकारी भएपनि मन्त्रालयले त्यसको वैकल्पिक व्यवस्था गरेको छैन ।

बोर्डमा नेतृत्व खाली रहँदा स्वास्थ्य मन्त्रालय अन्तर्गत महाशाखाका कुनै कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिँदै आएको छ ।

प्रकाशित समय : २१:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु