काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उर्जामन्त्री खड्का र विश्व बैँकका प्रतिनिधीबीच भेट

3.19K
shares

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र विश्व बैँकका प्रतिनिधीबीच भेटवार्ता भएको छ ।

उर्जा मन्त्रालयमा आज भएको भेटमा मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैँकका प्रतिनिधीसँग आग्रह गरेको भेटमा सहभागी उर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।

मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनामा विश्व बैँकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप आवश्यक लगानी जुटाई त्यसलाई टुङ्गोमा पु-याउनुपर्ने बताएका थिए ।

अपर अरुण आयोजनालाई अगाडि बढाउने विषयमा उर्जामन्त्री खड्काले गतसाता भारतका विद्युतमन्त्रीसँग समेत छलफल गरेका थिए ।

भेटमा विश्व बैँकका प्रतिनिधीले अपर अरुण आयोजनामा आउने समस्यालाई समाधान गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरेका थिए ।

भेटमा उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डल, अर्थ विज्ञ अमित श्रेष्ठ, मन्त्री खड्काका निजी सचिव मनोज पन्थलगायतको उपस्थित रहेको थियो ।