global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ गृहजिल्ला पुगेर देउवाले गरे अपुरा योजना पूरा गर्ने प्रतिबद्धता

गृहजिल्ला पुगेर देउवाले गरे अपुरा योजना पूरा गर्ने प्रतिबद्धता

गृहजिल्ला पुगेर देउवाले गरे अपुरा योजना पूरा गर्ने प्रतिबद्धता

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला पुगेका छन्। आमनिर्वाचनपछि उनी पहिलो पटक गृह जिल्ला पुगेका हुन्। देउवा एक साता लामो बसाइका लागि सोमबार गृह जिल्ला डडेलधुरा पुगेका हुन्।

सोमबार काँग्रेस सभापति देउवा महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरे। त्यहाँ उनले कार्यकर्ता भेटघाटमा जिल्लाका अधुरा योजना सम्पन्न गर्ने प्रतिबद्धता जनाए। रंगुन नदीमा अधुरो रहेको तटबन्ध निर्माण, परशुराम नगरपालिका वडा-६ र १२ जोड्ने रंगुन नदी र सलुन-शीर्ष-रुपाल जोड्ने सडक खण्डमा पनि पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रेलगायतका योजना सम्पन्न गर्ने उनले विश्वास दिलाएको डडेलधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए।

सभापति देउवा मंगलबार बडालको लाटा गन्याप देवताको पूजाआजा जाँत (मेला)मा सहभागी हुनेछन्। त्यस्तै नेता(कार्यकर्तासँगको भेटघाट पनि गर्ने सभापति साउदले बताए।

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु