global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ केपी ओली, विष्णु पौडेलहरू गणतन्त्रको विपक्षमा थिए : माधव नेपाल

केपी ओली, विष्णु पौडेलहरू गणतन्त्रको विपक्षमा थिए : माधव नेपाल

केपी ओली, विष्णु पौडेलहरू गणतन्त्रको विपक्षमा थिए : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक्लै भए पनि सत्यको पक्षमा उभिन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

सुर्खेतमा आज कर्णाली प्रदेशको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले सही बाटो हिँड्दा बिस्तारै जनताको समर्थन मिल्ने बताए । सही निर्णय गर्दा मुलुकको नेतृत्व गर्ने सकिने उदाहरण अध्यक्ष नेपालले दिएका थिए ।

जसक्रममा अध्यक्ष नेपालले  गणतन्त्रमा जानेबारे एमालेले निर्णय गर्दाको सन्दर्भ उल्लेख गरे । ‘त्यो बैठकमा ठूलो विवाद भयो । विवाद गर्ने नेताहरूको एउटा पङ्क्ति थियो । त्यसले भन्यो, गणतन्त्र अहिले नेपालमा सम्भव छैन । अहिले गणतन्त्रको नारा लिनु हुँदैन’ माधव नेपालले भने, ‘ती साना मान्छे होइनन्, ठुला नेता । ती नेताको नाम, केपी ओली ।’

केपी ओलीसँगै गणतन्त्रको विपक्षमा मत दर्ज गर्ने अरु नेताहरूको नाम पनि माधवले सम्झिए । ‘ठुला नेता, उनको नाम बिस्तारै भन्छु, विष्णु पौडेल । अलिक ठुलै स्वरले भन्छु, मुकुन्द न्यौपाने । अब सबैको नाम किन भन्नु ‘ ’ अध्यक्ष नेपालले भने ।

गणतन्त्रको विरोध गर्नेहरूलाई आफूले फरक मत राख्न लगाएको उनले बताए । ‘उनीहरूले फरक मत दर्ज गरे– असम्भव, सम्भव छैन । मैले भने, दर्ज गर्नुस्, पार्टीको बैठकमा तपाईँहरूको फरक मत रहन्छ’ नेपालले भने, ‘अनि केपी ओलीको भाषण सुरु भयो, बयलगाडा चढेर अमेरिका जाने ? आन्दोलन गरेर राजालाई फाल्न सकिन्छ ? गणतन्त्र आउन सक्छ ?’

त्यो बेला नेपाली काँग्रेस पनि राजतन्त्रबारे नरम नीतिमा पुगेको उनले बताए । यद्यपि जनता जगाएर गणतन्त्र ल्याएको उनले दाबी गरे ।

प्रकाशित समय : २१:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु