काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाललाई १३ स्वर्ण र ९ रजत पदक

4.16K
shares

छैठौ सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिबल) मा १३ स्वर्ण र ९ रजतसहित टिम दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ । परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरूलाई बधाई दिएका छन् ।

प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो । च्याम्पियनसिपमा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरेका छन् ।

खेलाडीहरूलाई बाधाई दिँदै धमलाले खेलाडीहरूको उच्च प्रर्दशनले नेपाली सान बढेको बताए । विभिन्न विधामा खेलाडीहरू अलिस मारिकले ३ र हिमांशु खड्काले २ वटा स्वर्ण ल्याएका छन भने, सफल पाठक, भावेश खड्का, समिर बस्नेत, रिदम गोलेले १/१ वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।

यस्तै वविता थापामगरले २, अपेक्षा लामा र यान्चेन्ला इलावाले एक/एक स्वर्ण प्राप्त गरेको प्रशिक्षक विशाल थापाले जानकारी दिएका छन् ।

यस्तै  सफल पाठक, समिर बस्नेत, रिदम गोलेले १/१ रजत पदक प्राप्त गर्न सफल भएका हुन् । यस्तै सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले २/२ तथा यान्चेन्ला इलावा  र ग्रुप इभेन्टमा १/१ रजत पदक प्राप्त भएको उसु महासंघका महासचिव नवराज ढुंगानाले जनाकारी दिएका छन् ।