आइपीओ जारी गर्दै जनता प्रसारण
वि.सं.२०८० पुस २९ आइतवार ११:३९
shares

जनता प्रसारण तथा प्रकाशन लिमिटेडले(जनता टीभी)ले आइपीओ निष्कासन गर्ने भएको छ ।
आइपीओ जारी गर्ने प्रस्तावसहित कम्पनीले फागुन १२ र १३ गते कार्की ब्यांकेट, बबरमहल हाइट, काठमाडौंमा बिहान ७ बजेदेखि साधाणसभा बोलाएको छ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले सञ्चालक समितिको निर्वाचन गर्नेछ ।
कम्पनीको आइपीओ निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड नियुक्त भएको छ ।
बिहीबार जनता प्रसारण तथा प्रकाशन लिमीटेड र ग्लोबल आइएमई क्यापिटल लिमीटेडबीच यस्तो सम्झौता भएको हो ।
सम्झौतापत्रमा जनता प्रसारणका तर्फबाट सञ्चालक समिति अध्यक्ष डा.विजयकुमार पौडेल र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका थिए ।

























