तरकारी तथा फलफूलको आजको लागि बजार मूल्य निर्धारण (सूचीसहित)
वि.सं.२०८० असोज ९ मंगलवार ०८:५८
shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठूलो भारतीयको अधिकतम मूल्य ४५ रुपैयाँ कायम भएको छ भने सानो गोलभेँडा लोकलको मूल्य ५५ रुपैयाँ कायम गरिएको छ । यसैगरी आलु रातोको ५८, काउली स्थानीयको १००, मुला रातोको ८०, मकै बोडीको ९०, लौकाको ४० रुपैयाँ मूल्य निर्धारण भएको छ । यसैगरी भिण्डीको ५५, बरेलाको ११०, कुरिलोको ५००, रातोको बन्दाको ४००, अनारको ४०० रुपैयाँ अधिकतम थोक मूल्य कायम भएको छ ।


























