global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ के गगनको आदेशमा ईः बालेनविरुद्ध अभियान चलाइरहेका छन् ?

के गगनको आदेशमा ईः बालेनविरुद्ध अभियान चलाइरहेका छन् ?

के गगनको आदेशमा ईः बालेनविरुद्ध अभियान चलाइरहेका छन् ?

काठमाडौं महानगरका मेयर बालेन शाहको मुकामको मुल गेटमा सात दिनदेखि एक व्यक्ति रातदिन नभनि उभिरहेका छन् । खुट्टा सुन्निएर पटपटी फुट्ने भएका छन् । ओठ कलेटी परेका छन् । हामी मध्ये दिउँसो पुग्दा पनि उनको अवस्था यस्तै थियो । अबेर राति पुग्दा पनि यस्तै थियो । टिसर्ट र हाफपाइन्टमा चप्पल लगाएर उभिएको यीनको परिचय ईः हो । अर्थात् उनी आफुलाई ईः भन्न रुचाउँछन् । कुनैबेला यीनी बालेन शाहका क्याम्पेनिङमा सहभागी भएर सँगसँगै हिड्थे । तर अहिले बालेनले बाचा बिर्सिएर हुँदा खाने गरिब वर्गमाथि अत्याचार गरेको भन्दै उनी बालेनकै मुकामअघि बालेनकै विरुद्ध उभिएका छन् । सातदिनपछि विस्तारै खुट्टाले धान्न छोडेपछि बालेन शाहकै चुनाव चिन्ह लौरोका साहरामा उनी उभिरहेका छन् । ईःको यो पीडाले बालेनलाई छोएको छैन । तर नेपाली काँग्रेसका महामन्त्री गगन थापाको मन चसक्कै विझाएपछि उनी प्रतिवादमै उत्रिएका छन् ।

अभियन्ता ईःको पक्षपोषणमा उत्रिएर गगन सामाजिक सञ्जालमार्फत टिप्पणीमा उत्रिएपछि काठमाडौं महानगरका मेयर बालेन शाहले पनि मुखभरिको जवाफ फर्काए । यी दुईबीचको वादप्रतिवादले अहिले सामाजिक सञ्जाल नै रंगाएको छ । अर्थात् महामन्त्री थापाले भने, ‘छैंटोदिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ईः लगायतका साथीहरुका बारेमा काठमाडौं महानगरका प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको छु ।’ अर्थात् कोसिस गरेपनि उनले भेट्न पाएका छैनन् ।

जवाफ बालेन शाहले लेखे, ‘उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेकै ठाउँमा म आफै गएर वार्ता गरौं यहाँहरुको कुरा र समस्या सुनौं भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नु भएन ।’ गगनमाथि सिधैं काउन्टर अट्याक बालेनको अन्तिम लाइनले गरेको छ । अर्थात उनले भनेका छन्, के बार्ता हामीले उहाँहरुको नेतासँग गर्नुपर्ने ? यो भनाइ पुरापुर गगन लक्षित थियो । र यसको भाव गगनहरुकै मार्गनिर्देशनअनुसार ईःहरु बालेनविरुद्ध आन्दोलनमा खटिएका छन् भन्ने हो ।

यतिमा पनि सवालजवाफ रोकिएन । गगन र बालेनको स्टाटसपछि राष्ट्रिय सभा गृह अगाडी विगत सातदिनदेखि उभिएका ईःले अर्काे स्टाटस सार्वजनिक गरे । जसमा बालेनले झुट बोलेको दाबी गरिएको छ । अर्थात् ईःले भनेका छन्, मेयर यहाँ आउनु भएको होइन । सँगै जवाफदेहिता माग गरिरहेका साथीहरु साक्षी छन् । करिब २० मिनेट अगाडी अकास्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभा गृहको पार्किङ लटमा बोलाए ।

ईःको बालेनविरुद्ध विरोध अब गगनसँग पनि जोडिएको छ । यसैपनि गगन र बालेनबीच कपन खोला खोतल्दादेखि नै सतहमा थियो । दुबै सामाजिक चर्चा र प्रशंसाका भोगी भएकाले उनीहरु एक अर्काको उछिनपाछिन छन् । तर यहाँ ईःको कुरा भने बालेनको बाचासँग जोडिएको छ । काठमाडौं महानगरको मेयरमा उम्मेदवार बन्दै गर्दा बालेनले फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने बाचा गरेका थिए । तर जनताको जनमत बटुलेर बालेन बलशाली भएपछि भुँईमान्छेसँगको बाचा विर्सिएको आरोप लगाएर ईः सम्झाउन बालेनकै कार्यालय अगाडी उभिएका हुन् । ‘चुनाव अगाडीसम्म पनि उहाँ गरिबको विषयमा, विपन्न वर्गको विषयमा एकदम संवेदनशिल मानिस हुनुहुन्थ्यो ।’, अभियन्ता ईःले भने, ‘उहाँले फुटपाथमा भएका मानिसहरुप्रति सद्भाव देखाउनु भएको थियो । गरिबको चमेली पनि उहाँले गाउनु भयो । तर त्यो र अहिलेको व्यवहारमा अन्तर देखियो । यसप्रति हाम्रो विरोध हो ।

नगर प्रहरीले गरिबहरुमाथि लछारपछार गरि मानवियता नै भुलेर ज्यादती गरेका थुप्रै दृश्य अहिले पनि ताजै छन् । तर बालेनको विरोध गर्नेहरु कमै देखिन्छन् । त्यही कमैमध्ये बालेन शासनको यही शैलीको विरोध गर्न ईः सडकमा छन् । उनलाई साथ दिन केही अभियन्ताहरु पुगेर समर्थन जनाइरहेका छन् । रातको समयमा फुटपाथ व्यवसायीसमेत पुगेर ईःको अभियानमा ऐक्यावद्धता जनाइरहेका छन् । सादय फुटपाथै हटाउनुपर्छ भनेको भए ईः गलत हुन्थ्ये । तर फुटपाथ व्यवसायीको पनि व्यवस्थापन गर्नुपर्छ । कसैको पेटमाथि लात हान्ने र परिवारको विचिल्ली पार्ने अधिकार जनमतबाटै आएको कसैलाई छैन भन्दै ईः यसका विरुद्ध उभिएका हुन् । व्यवहारिक र कानुनका दृष्टिसमेत समेत ईःको अभियानलाई जायज मानिएको छ ।

अहिले बालेन शासनको खरो तर शान्तशैलीमा विरोध गरिरहेका ईःमाथि समेत प्रश्न छ । मुख्यतः उनी को हुन् भन्ने नै अधिकांश जान्दैनन् । ईः भनेका काठमाडौं बासी इशान अधिकारी हुन् । जसले आफ्नै पुरा नाम भन्न चाहँदैनन् । उन त्यसबेला देखि नोटिसमा आए, जतिबेला संविधानका विरुद्ध सिंहदरबारमा रातो पोते । अर्थात् संविधान सभाबाट संविधान जारी भएपछि क्याडेडियन नागरिक मन्जुश्री थापा र भारतीय मिडियामा काम गर्ने पत्रकार प्रशान्त झालगायत केही व्यक्तिसँग मिलेर ‘यो मेरो संविधान होइन’ भन्ने अभियानका क्रममा उनले सिंहदरवारको पर्खालमा रातो रंग पोतेका थिए । कोभिडका बेला सरकारविरुद्ध ‘इनफ इज इनफ’को नेतृत्व गरेर २३ दिन ‘अनसन’ नै बसे । तर ओली सरकार ढलेपछि कतै देखिएनन् । पछिल्लो समय मेयर बालेनसँग जवाफदेहिता खोज्न उनी बालेनकै मुकामअघि उभिएका छन् । तर पनि उनलाई बालेनले ‘बाल’ दिएका छैनन् ।

प्रकाशित समय : ०९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु