काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रसाईको आरोप: बार्गेनिङमा कुरा नमिलेपछि केही मिडियाले ज्यान मार्ने धम्कीको हल्ला चलाए

76.9K
shares

मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईले केही मिडिया हाउसका सञ्चालकले आफनो अभियानलाई समस्या सिर्जना गर्न खोजेको आरोप लगाइएका छन् ।

विगत केही महिनायता सञ्चारगृहले विज्ञापन र पैशाका लागि बाग्रेनिङ गरेर दुःख दिइरहेको र बाग्रेनिङमा कुरा नमिले ज्यान मार्ने धम्की दिएको आरोप लगााउन थालेको उनले गुनासो गरेका छन् ।

एक साताअघि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएको एउटा अनलाइनका सञ्चालकले ‘आर्थिक मन्दीका कारण मिडिया चलाउन र कर्मचारीलाई तलब खुवाउन समस्या भएको भन्दै केही रकम मागे’ आर्थिक सहयोग मागेका थिए । तर, आफुपनि व्यवसायी भएका कारण तत्काल सहयोग गर्ने नसक्ने बताएपछि उनले व्यवसायीले मार्ने धम्की दिएको भन्दै आरोप लगाएको प्रसाई जानकारी दिए ।

केही सञ्चारगृहले सिधै व्यवसायलाई असर पर्ने गरी झुटो समाचार छापेर दुःख दिने गरेको र त्यसको बारेमा जानकारी लिँदा तथ्य समेत नदिने गरेको उनले बताए । ‘आफुै पनि व्यवसायी र नागरिक महाअभियानमा लागेको व्यक्ति भएका कारण कुनै मिडिया सञ्चालकलाई धम्काउने नियत हुँदैन् । तर, बाग्रेनिङ गरेर व्यक्ति र व्यवसायीमाथि ब्लकमेलिङ गर्दा समस्यामा पर्ने गरेको छु ।’ उनले भने, ‘आफुले देशको आर्थिक अवस्थाका बारेमा औल्याएका समस्या र आर्थिक संकट सिर्जना गर्ने व्यक्तिका बारेमा बोलेका समाचारलाई बढाइचढाइ गरेर बजारमा हल्ला फैलाउने काम भएको छ । म देशका लागि गर्ने र गर्नुपर्छ भन्ने व्यक्ति भएका कारण कसैलाई धम्काउने काम गदिँन ।’

सरकारले बनाएको नियमभित्र बसेर सञ्चारमाध्यमलाई विज्ञापन दिदै आएको र केही सञ्चारमाध्यम विज्ञापन दिन नसक्दा बाग्रेनिङ गर्न थालेका उनको भनाइ छ ।

यो पत्रकारिताको विकृत्ति हो । सबै सञ्चार गृहले बाग्रेनिङ गर्ने सञ्चार गृह र पत्रकारलाई कानुनी दायरामा ल्याउनुपर्ने उनले जानकारी दिए ।

व्यवसायी प्रसाईं आफूले मजदुर, किसान र सीमान्तकृत वर्गको पक्षमा आन्दोलन र महाअभियान सुरु गरेपछि हतोत्साहित भएकाहरुले नभएको हल्ला चलाउन थालेको बताउँछन् ।

महाअभियानका क्रममा बोलेको विषय अहिले राष्ट्रिय राजनीतिकमा बहसको विषय बनेको उनको बुझाइ छ । पछिल्लो समयमा प्रसाईले महाअभियानका क्रममा उठाएका मुद्दा राष्ट्रिय बहसको विषय र समस्या हुँदै गएका छन् ।

उनी पछिल्लो समय बैक पीडितका, कृषि र स्वास्थ्यका समस्या राष्ट्रियस्तरमा उठान गदै देशव्यापी अभियानमा जुटेका छन् ।