काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ललिता निवास प्रकरण : टिप्पणी लेख्ने मात्र फसाइएको भन्दै कर्मचारी आन्दोलित

7.27K
shares

ललिता निवास प्रकरणमा निर्णयकर्तालाई उन्मुक्ती दिएर तल्लो तहका कर्मचारीलाई मात्रै अनुसन्धानका नाममा पक्राउ गरिएको भन्दै निजामती कर्मचारीहरूले विरोध अभियान आजबाट सुरु गरेका छन् । ‘निजामती सेवा संरक्षण समूह’ बनाएर उनीहरूले विरोध अभियान चलाएका हुन् ।

लिता निवास जग्गा अनियमितता प्रकरणमा निर्णय प्रक्रियामा कुनै भूमिका नहुने तल्लो तहका कर्मचारीहरूलाई फसाइएको उनीहरूको आरोप छ ।

निर्णयकर्तालाई कारबाहीको दायरामा नल्याउने तर राय लेख्ने शाखा अधिकृत, कार्यालयको नक्सा ट्रेस प्रमाणित गर्ने अमीन र कार्यालयको विवरण लेखी पठाउने खरिदार लगायतलाई धरपकड र पक्राउ गरिएको भन्दै समूहले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।