काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिनामंगलमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

6.34K
shares

नेपाली सेनाले काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको छ।

बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा फेला परेको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो।

खोटाङ हलेसी ज्वेलर्स अगाडि उक्त शंकास्पद वस्तु फेला परेको हो। नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत फेला परेको थियो। उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ समेत छ। पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजयन्ती पासवान छन् । प्रहरीले उनलाई गौशला प्रहरी वृतमा राखेर अनुसन्धान गरिरहेको छ ।