काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लगातार बढ्दै सुनको भाउ, कति पुग्यो प्रतितोला ?

6.01K
shares

आज सुन तोलामा ६०० रुपैयाँले बढेर छ । ६ सयले बढेको छापावाल सुन प्रतितोला एक लाख १३ हजार १०० रुपैयाँ पुगेको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा ३०० रुपैयाँले महंगिएर प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । आज १० रुपैयाले बढेको चाँदी प्रतितोला एक हजार ४९० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन भने चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँ कायम रहेको थियो ।