काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त’ भएको डब्लूएचओको घोषणा

5.1K
shares

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको छ । डब्लूएचओले तीन वर्षअघि कोभिड–१९ लाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो ।

डब्लूएचओले जनवरी ३०, २०२० मा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो।

‘ठूलो आशाका साथ म कोभिड–१९ को विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त भएको घोषणा गर्दछु,’ डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन् ।

यो घोषणा कोरोना महामारी समाप्तितर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । तर धेरै देशहरूले कोभिड १९ को संकट समाप्त भएको घोषणा यसअघि नै गरिसकेका छन् ।

कोभिड–१९ बाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु भएको डब्लूएचओको तथ्यांकले बताउँछ । तर मृत्यु भएको व्यक्तिहरूको संख्या २ करोडआसपास हुनसक्ने जनस्वास्थ्यविद्हरूले जनाएका छन् ।