काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विमान दुर्घटनाको मृतक परिवारलाई एक करोड एक लाखको चेक हस्तान्तरण

8.51K
shares

नेपाल लाइफले एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । कास्कीको पोखरा उपमहानगरपालिका–१७ ठेगाना भएकी बिमित संगिता शाहीको माग १ गते यती एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएको थियो । बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्रीलाई एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जीवनकालमा शाहीले नेपाल लाइफ इन्स्योरेन्स बालाजु शाखा कार्यालयबाट २०७९ भदौ २९ गते ५० लाख बीमाङ्क भएको जीवन सहारा बिमा गराएकी थिइन् । सबै जोडेर एक करोड एक लाख इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।

हालसम्म सो कम्पनीको लगानी १५६ दशमलव ४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५० दशमलव ८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको छ।