गृहपृष्ठ विमान दुर्घटनाको मृतक परिवारलाई एक करोड एक लाखको चेक हस्तान्तरण
विमान दुर्घटनाको मृतक परिवारलाई एक करोड एक लाखको चेक हस्तान्तरण
नेपाल लाइफले एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । कास्कीको पोखरा उपमहानगरपालिका–१७ ठेगाना भएकी बिमित संगिता शाहीको माग १ गते यती एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएको थियो । बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्रीलाई एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जीवनकालमा शाहीले नेपाल लाइफ इन्स्योरेन्स बालाजु शाखा कार्यालयबाट २०७९ भदौ २९ गते ५० लाख बीमाङ्क भएको जीवन सहारा बिमा गराएकी थिइन् । सबै जोडेर एक करोड एक लाख इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।
हालसम्म सो कम्पनीको लगानी १५६ दशमलव ४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५० दशमलव ८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।
कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको छ।
प्रकाशित समय : ११:०४ बजे



















