एक–अर्काको भाषा र संस्कृतिको सम्मान गर्नुपर्छ : प्रदेश प्रमुख
वि.सं.२०८३ कात्तिक १४ शनिवार १९:२७
shares

सप्तरी। मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभले एक–अर्काको भाषा र संस्कृतिको सम्मान गर्नुपर्नेमा जोड दिएको छन् । फत्तेपुरम–५ गङ्गाजलीमा आज दुई दिने आदिवासी जनजाति साहित्य महोत्सको उद्घाटन गर्दै उनले कला एवं संस्कृति देशको पहिचान भएकाले यसलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।
प्रदेश प्रमुख लाभले भन्े, “एकले अर्काको संस्कृति र भाषालाई सम्मान गर्नुपर्छ । आदिवासी जनजाति, मधेसीलगायत सबैको अधिकार सुनिश्चित गरेर व्यवहारमा कार्यान्वयन गर्नुपर्छ ।” मुलुकको कुनै वर्ग समुदायको संस्कृति डुबेमा राष्ट्रियको अमूल्य गहना डुब्ने उनको भनाइ छ ।
कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबाबु थापामगरले साहित्य समाजको ऐना भएकाले यसलाई निरन्तरता दिन हरेक पक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले भने, “आदिवासी जनजातिको अधिकार संविधानमा लेखिए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । अब अधिकार कागजमा होइन, व्यवहारमा कार्यान्वयन हुनुपर्छ ।
मधेस प्रदेशका पूर्वमन्त्री राजकुमार लेखीले आदिवासी जनजातिको मुद्दा तीन तहको सरकारसँग जोडिएको बताए । उनले भने, “हाम्रो संविधान र तीन तहको सरकारले आदिवासी जनजातिलाई केही उपलब्धि भएको छ । संविधान र ऐनले अधिकार दिएपनि कार्यान्वयनका लागि आफै सचेत भई यसलाई दिगो बनाउन आवश्यक छ ।”

























