रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
वि.सं.२०८३ कात्तिक १४ शनिवार १९:३८
shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलले छिट्टै चीन भ्रमण गर्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए। पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकमा सो भ्रमणका बारेमा छलफल भएको थियो ।
बैठकमा मधेस प्रदेश र केही जिल्लामा देखिएका समस्या तथा मधेस अडिट सम्बन्धमा सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलको प्रतिवेदन पेस भएको प्रवक्ता खरेलले जानकारी दिए । सो प्रतिवेदन अध्ययनपश्चात् पार्टीले आगामी कदम चाल्ने बैठकको निर्णय छ ।

























