काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वर्षाले सात घर–गोठमा क्षति

588
shares

काभ्रेपलाञ्चोक। अविरल वर्षाका कारण शनिबार काभे्रपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ खहरेमा सात घर–गोठमा क्षति पुर्‍याएपछि पीडित परिवारलाई छुट्टै घरमा व्यवस्थापन गरिएको छ ।

घरमा खाद्यान्नलगायत सम्पूर्ण सामग्रीमा क्षति पुगेपछि उनीहरूलाई गाउँपालिका कार्यालयले नजिकै एउटा घरमा व्यवस्थापन गरेको हो । शनिबार बिहान खहरे खोलामा आएको लेदोसहितको बाढीले उक्त स्थानका सात घर र तीन जस्तापाताको टहरोमा क्षति पुगेको थियो ।

खाद्यान्न, लत्ताकपडासहित अत्यावश्यक सामग्री व्यवस्थापन गरी सात परिवारको ३२ जनालाई उक्त घरमा राखिएको गाउँपालिका अध्यक्षका नीजि सचिव भगवान आचार्यले जानकारी दिए । उनका अनुसार स्थानीयको खाली घरमा पीडित परिवारलाई राखिएको हो ।

बाढीले घर–गोठमा क्षति पुर्याउँदा मानवीय तथा चौपाया भने क्षति पुगेको छैन । आचार्यका अनुसार बाढीले स्थानीय शेरबहादुर तामाङको ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको १ तले घर पूर्णरूपमा पुरिएको छ । शेरबहादुरको घर नजिकको हर्कबहादुर तामाङको ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको तीन तले घरमा लेदो माटोसहितको पानी पस्दा जस्तापाता र काठले बनेको गोठ पूर्ण रूपमा क्षति पुगेको छ ।

बाढीले खहरेखोला बस्ने जगत तामाङको जस्तापाताको कटेरो र निर्माणाधीन दुई कोठे घर भत्काएको छ भने पोतेबहादुर तामाङको ढुङ्गा माटोले बनेको जस्तापाताको छानो भएको तीन तले र एक तले गरी दुई वटा घरमा पूर्णरूपमा क्षति पुर्‍याएको छ । यस्तै स्थानीय पुष्पा तामाङको जस्ताको टहरो र निर्माणधीन दुई कोठे घर, सुमन तामाङको जस्ताको टहरो र सेते तामाङको निर्माणाधीन दुई कोठे घरसमेत भत्किएको जनाइएको छ ।