काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कुमारी बैंकको जनबहाल, भेडासिंह शाखा सञ्चालन

4.8K
shares

कुमारी बैंकले काठमाडाैं महानगरपालिका वडा नं. २५ मा रहेको जनबहाल, भेडासिंह शाखा साेमबारबाट सञ्चालनमा ल्याएको छ ।

काठमाडाैं महानगरपालिका वडा नं. २५ का अध्यक्ष राजेश डंगोलले उक्त शाखाकाे उद्घाटन गरेका थिए । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको जनाएकाे छ ।

बैंकले आफ्ना देशभर रहेका २९९ शाखा सञ्जाल, ३४५ एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई सेवा दिँदै आएकाे छ ।