घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०७९ पुस २६ मंगलवार १२:१०
shares

मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला छ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला चार सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।






















