global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वासको मतबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

विश्वासको मतबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

विश्वासको मतबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ ।

विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस सांसदले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गतेको प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिंदैछन् । त्यसअघि मत दिने वा नदिने भन्ने विषयमा कांग्रेसले छलफल गर्न लागेको हो ।

कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शुक्रबार पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए ।

प्रकाशित समय : ०९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु