global ime bank Long Banner Ad

गृहपृष्ठ तराईमा शीतलहर अझै केही दिन कायमै रहने

तराईमा शीतलहर अझै केही दिन कायमै रहने

तराईमा शीतलहर अझै केही दिन कायमै रहने

आज पनि तराईमा शीतलहर चलेको छ । तराईको धेरै भू–भाग हुस्सु र कुहिरोले ढाकिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र रातिसमेत तराईका धेरै भूभागमा हुस्सु र कुहिरो कायमै रहने छ । पहाडी भू–भागमा भने आंशिक बदली हुने सम्भावना छ । बाँकी भू–भागको मौसम सफा रहेने महाशाले जनाएको छ ।

आइतबार र सोमबार पनि तराईमा शीतलहर जारी हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।

शीतलहरका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

तराई क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेकोले सडक तथा हवाई यातायातमा समस्या हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अपिलसमेत गरेको छ ।

प्रकाशित समय : ०९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु