global ime bank Long Banner Ad

गृहपृष्ठ विश्व इतिहासमा आजः फ्रान्सको व्यंग्य पत्रिकाको कार्यालयमा हमलादेखि ग्यालिलियोको आविष्कार

विश्व इतिहासमा आजः फ्रान्सको व्यंग्य पत्रिकाको कार्यालयमा हमलादेखि ग्यालिलियोको आविष्कार

विश्व इतिहासमा आजः फ्रान्सको व्यंग्य पत्रिकाको कार्यालयमा हमलादेखि ग्यालिलियोको आविष्कार

आज ७ जनवरी  । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

अकिहितोको राज्यरोहण
जापानका सम्राट अकिहितोले आज अर्थात सन् १९८९ मा जापानको सम्राटको सपथ खाएका थिए । आफ्ना बाबुको जन्म मृत्यु भएकै दिन सम्राट हिरोहितो राजगद्दीमा बसेका थिए ।

खमेर रुज सरकार ढलेको त्यो दिन
सन् १९७९ को ७ जनवरीमा भियतानमाको फौजले क्याम्बोडियाको राजधानी सहर नोम फेहलाई कब्जा गरेर खमेर रुज सरकार ढालेको थियो ।

ग्यालिलियोको आविष्कार
सन् १६१० मा इटालीका वैज्ञानिक ग्यालिलियो ग्यालिलीले चार ओटा ताराहरु बृहस्पति वरपर घुम्ने नयाँ तथ्य पत्ता लगाएका थिए । नांगो आँखाले भन्दा टेलिस्कोपले अझै बढी तारा देखिएको उनको भनाइ थियो ।

फ्रान्सको व्यंग्य पत्रिकाको कार्यालयमा हमला
सन् २०१५ का फ्रान्सको राजधानी पेरिसस्थित चर्चित व्यंग्य पत्रिका चार्ली हेब्दोको कार्यलय पसेर अतिवादीले अन्धाधुन्दा हमला गरी १२ जनाको हत्या गरेका थिए । पत्रिकाले मुस्लिम धर्म गुरु मोहम्मदको अपमान गरेको भन्दै मुस्लिम लडाकुले आक्रमण गरेका थिए । प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको थियो ।

प्रकाशित समय : ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु