गृहपृष्ठ मधेश प्रदेशः २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान
मधेश प्रदेशः २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान
मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले यही २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुमा आह्वान गरेका छन् ।
प्रमुख मिश्रले २८ पुस बिहीबार अपरान्ह ४ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।
‘मुख्यमन्त्री नियुक्ति गर्नको लागि नेपालको संविधान धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधान धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/२८ बिहीबार बेलुका ४ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आह्वान भएको छ,’ प्रदेश प्रमुख कार्यालयका सचिव राजेन्द्र पराजुलीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मधेश प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री दाबी गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित समय : ०८:११ बजे



















