गृहपृष्ठ हुन्डाइको ‘स्मार्ट प्रमिस अफर’ : कम लगानीमै हेभी एक्जाभेटर
हुन्डाइको ‘स्मार्ट प्रमिस अफर’ : कम लगानीमै हेभी एक्जाभेटर

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको छ । ग्राहकले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन् । नयाँ अवस्थामा लिँदा १ करोड ५० लाख नेपाली रुपैयाँसम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्नेछन् । यसअघि ३६१ घण्टादेखि बढीमा २ हजार ९५० घण्टासम्म प्रयोग गरिएका यी सेकेन्डह्यान्डका उपकरणहरू अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा रहेकाे बताइएकाे छ ।
‘हुन्डाइ स्मार्ट प्रमिस’का हरेक एक्जाभेटरहरुमा ९ महिना वा १००० घण्टाको प्रयोग अवधिसम्म वारेन्टी रहेको छ । साथै, हुन्डाइ मेन्टेनेन्स कन्ट्रयाक्ट (एचएमसी) प्याकेजअन्तर्गत निश्चित युनिटका एक्जाभेटरहरूमा ६ महिना, ८ महिना वा ९ महिनाको नि:शुल्क मर्मत गरिने व्यवस्था छ । यस योजनाका मेसिनहरू हुन्डाइको काठमाडौं, हेटौंडा र बुटवल सोरुममा उपलब्ध छन् । ग्राहकले आफूलाई सहज हुने योजनाअनुसार लागत भुक्तानी गरी उपकरणहरू खरिद गर्न सक्नेछन् ।
हुन्डाइ कन्स्ट्रक्सन नेपालको हेभी निर्माण उपकरण बजारमा प्रमुख हिस्सा ओगटेको कम्पनी हो । कम्पनीले उच्च पर्फमेन्स गर्ने ‘नेपालको नम्बर-१ एक्जाभेटर’ उपकरण निर्माण गर्दछ । हुन्डाइ कन्स्ट्रक्सनका उपकरण लामो समयदेखि निर्माण, युटिलिटी, उत्खनन र खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मेन्टको रूपमा रहँदै आएको छ ।
प्रकाशित समय : १८:१४ बजे