गृहपृष्ठ आइएमईको दसैं अफर : बेलीमाया तामाङलाई १० लाख नगद उपहार
आइएमईको दसैं अफर : बेलीमाया तामाङलाई १० लाख नगद उपहार
आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ ।
‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक थिममा आधारित अफरको विजेता मेखलाल तामाङको सिफारिसमा उक्त चेक बेलीमाया तामाङलाई हस्तान्तरण गरिएको हो । मलेसियाबाट आइएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङले नगद १० लाख उपहारस्वरुप प्राप्त गरेका थिए ।
मंगलबार पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङलाई उक्त चेक हस्तान्तरण गरे ।
प्रकाशित समय : २१:३२ बजे


















