काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काभ्रे बस दुर्घटनामा १७ जनाको मृत्यु, २२ घाइते

7.25K
shares

काभ्रेको बेथानचोक गाउँपालिका–४ मा बस दुर्घटना भएको छ । दुर्घटनामा परेर कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेथानचोक–४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकको पहिचान भने खुलेको छैन ।

बस दुर्घटनामा परी कम्तीमा २२ जना घाइते भएका छन् । जिल्ला अहिलेसम्म २२ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । शिर मेमोरियलमा ९ जना, मध्यपुर अस्पतालमा १, काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा २ जना र त्रिवि शिक्षण अस्पतालमा १ जना र धुलिखेलमा ९ जनाको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्ध (छेवर)का लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो । बसमा सवार कति थिए भन्ने यकिन भएको छैन । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले उद्धार जारी राखेका छन् ।