काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुक्तिनाथ बैंकका ग्राहकलाई ‘द हिमालयन ग्रिल बाई बाजेको’मा विशेष छुट

7.98K
shares

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन सामाखुसीस्थित ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले सामाखुसीको ‘द हिमालयन ग्रिल बाई बाजेको’मा फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।