गृहपृष्ठ थप १६ जनामा कोरोना संक्रमण, कति छ देशभर सक्रिय संक्रमित ?
थप १६ जनामा कोरोना संक्रमण, कति छ देशभर सक्रिय संक्रमित ?
नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा देशभर ६१४ पीसीआर तथा १ हजार २२३ एन्टिजेन परीक्षण भएको थियाे ।
बिहीबार १३ जना कोरोना संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार हाल देशभर ५६३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाबाट १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित समय : १७:२७ बजे


















