global ime bank Long Banner Ad

गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा २६४ जना महिला उद्यमी सम्मानित

मुक्तिनाथ विकास बैंकद्वारा २६४ जना महिला उद्यमी सम्मानित

मुक्तिनाथ विकास बैंकद्वारा २६४ जना महिला उद्यमी सम्मानित

मुक्तिनाथ विकास बैंकले लघु बैंकिङअन्तर्गत कृषि, पशुपालन तथा साना उद्यम सञ्चालन गरिरहेका २६४ जना महिला उद्यमीलाई सम्मान गरेको छ । बैंकले लघु बैंकिङसम्बन्धी आयोजना गरेको साक्षरत कार्यक्रममा देशभरका महिला उद्यमीहरुलाई सम्मान गरेको हो ।

महिला उद्यमीहरुको लागि व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीबारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । देशभर सञ्चालन भएकाे कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, स्थानीय र विभिन्न पेशामा आवद्ध भएका महिला उद्यमीहरुसहित लगभग ३५ सय जनाको उपस्थिति रहेको थियो ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु