global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आइसीसी टी-२० विश्वकप : भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

आइसीसी टी-२० विश्वकप : भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

आइसीसी टी-२० विश्वकप : भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

इंग्ल्यान्डले अष्ट्रेलियामा जारी आठौं संस्करणको आइसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ ।

एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्ड टी-२० विश्वकपमा दोस्रो पटक फाइनल पुगेको हो ।

भारतले दिएको १ सय सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले १६ ओभरमा बिना विकेटको क्षतिमा १ सय ७० रन बनाउँदै पूरा गर्‍याे । इंग्ल्यान्डको जितमा ओपनरद्वय जोस बट्लर र एलेक्स हालेसले १ सय ७० रनको कीर्तिमानी साझेदारी गरे ।

अर्धशतकीय इनिङ खेलेका एलेक्स ८६ रनमा अविजित रहे । कप्तान बल्टर अर्धशतकीय इनिङ खेल्दै ८० रनमा अविजित रहे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए । इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र आदील राशिदले १/१ विकेट लिए ।

अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरी फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु