global ime bank Long Banner Ad

गृहपृष्ठ आज पनि घट्यो नेप्से, सर्वाधिक गुमाउनेमा हाइड्रोपावर कम्पनी

आज पनि घट्यो नेप्से, सर्वाधिक गुमाउनेमा हाइड्रोपावर कम्पनी

आज पनि घट्यो नेप्से, सर्वाधिक गुमाउनेमा हाइड्रोपावर कम्पनी

सेयर बजारमा आज पनि गिरावट आएकाे छ । बिहीबारको सेयर बजार २३.५२ अंकले घटेकाे हाे । सेयर काराेबार मापक नेप्से आजसहित लगातार चाैंथाे दिन घटेकाे हाे ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार बिहीबार उक्त अंकले सेयर बजार घट्दा सेयर विन्दु १८९३. ७० मा झरेकाे छ । आज ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ११ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजार घट्दा अत्याधिक गुमाउनेमा पाँच कम्पनीमा तीन हाइड्रोपावर र २ वित्तीय कम्पनी रहेका छन् । अत्याधिक गुमाउनेमा क्रमश: अपर हेवाखोला हाइड्रोपावर कम्पनी, किसान लघुवित्त वित्तीय संस्था, पन्चकन्या माइ हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र इमर्जिङ नेपाल रहेको छ ।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु